Podcast Cover

Amrit Adhikary's podcast

  • झरी!

    19 JUN 2021 · 'झरी' तिमीलाई झरी मनपर्छ अनि मलाई झरीमा रुझेकी तिमी याद छ नि तिमीलाई? जब हामी दसेराको मेला हेर्न बजार जाँदा कत्ति ठुलो मुसालधारे पानी परेको थियो, अनि म मेरो छाताको ओतमा मुस्कुराउँदै तिमी भिजेको हेरीरहेको थिएँ। तिमीलाई मैले आऊ मसँग ओतिन भनेर बोलाउने मन त थियो, तर सम्बोधन गरेर बोलाउने कुनै साइनो भेटिनँ।। हुन त भगवानको लिला अपरम्पार हुन्छ भने झौँ: तिमी पनि सिधा मै सँग आई ओत लाग्न पुग्यौ, खै भगवानको लिला भनौँ कि संयोग मैले त मेसै पाइनँ।।। तिमी त पानीले भिज्यौ, तर म चाहीँ ढुक ढुकीको बढ्दो चालसँगै निधारबाट तप तप चुहिरहेका पसिनाले! मेरा मस्तिष्क यस्तो शितल मौसममा पनी किन पसिना निकाल्यो भनेर दङ्ग थिए, अनि मन भने तिमी नजिक आएकाले होला कि खै नाच्दै थियो।।।। यसरी तिमी केवल एक बित्ताको दुरीमा हुँदा पनि मुखबाट एक शब्द निकाल्न सकिन मैले! तिमी मलाई हेर्दे फगत मुस्कुरायौ मात्र, म भने तिम्रो मुस्कानमा पागल भइरहेँ।।।।। समय बितेकै थाहा पाइनँछु मैले! पानी बिसाई सकेछ तर मेरा आँखा भने तिमीबाट हट्न सकेकै थिएन, मेरा कानले तिम्रा शब्दहरुको स्पर्श पाउने रहर; रहर मै सिमीत राखे किनकी तिमी एक शब्द पनि नबोलि गयौ।।।।।। मेरा आँखाले तिमी टाढा भईरहेको दृश्य नियाली मात्र रहे, मुखले पनि नजाऊ भनेर भन्नै सकेन, मनका कुरा मनभित्रै गुम्सिएर बसे! यसरी त्यती छोटो समयमा बुनेका सपना गाँठो परेर बसीरहे, तिमी एकै छिनमा बिलिन् भयौ अनि मैले बुनेका सपना पनी ।।।।।।।
    Played 2m 33s
  • तिमी!

    16 JUN 2021 · 'तिमी' तिमी एक योद्धा हौ यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ। किन पछी हट्छौ? तिम्रा पाइला त अगाडि चालेर त हेर, सबै दुश्मन जती तिम्रा पैतला मुनी हुनेछन्।। तिमी एक योद्धा हौ! किन दु:खी हुन्छौ? तिम्रा मित्रताका हात अगाडि बढाएर त हेर, सबै साथ दिन तयार भई आउनेछन्।।। तिमी एक योद्धा हौ! किन शिर निहुराई बस्छौ? तिम्रो शिर उठाएर त हेर, सबै तिम्रै स्वाभिमानको गित गाउनेछन्।।।। त्यसैले त म भन्छु, तिमी एक योद्धा हौ यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।।।।।
    Played 58s
Information
Author Amrit Adhikari
Categories Society & Culture
Website -
Email -

Looks like you don't have any active episode

Browse Spreaker Catalogue to discover great new content

Current

Podcast Cover

Looks like you don't have any episodes in your queue

Browse Spreaker Catalogue to discover great new content

Next Up

Episode Cover Episode Cover

It's so quiet here...

Time to discover new episodes!

Discover
Your Library
Search